|

काठमाडौं : नेकपा एमाले इटहरीले प्रदेश १ कमिटी सचिवालय सदस्य डम्बर सुवेदी हिमालमाथि भएको आक्रमणको विरोध गरेको छ। एमाले इटहरी कमिटीले आक्रमणकारीलाई तुरुन्तै पक्राउ कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ।

आइतबार बिहान मतगणना स्थलबाट घरतर्फ जाने क्रममा निर्वाचन परिचालन कमिटीका सह-संयोजक समेत रहेका सुवेदीमाथि नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूले साङ्घातिक आक्रमण गरेको एमालेको आरोप छ।

कमिटीका सचिव रुपेश बस्नेतले विज्ञप्ति जारी गर्दै उपमहानगरका उपप्रमुखका उम्मेदवार तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार विष्टको निर्देशनमा उनका छोरा कैलाशसहित ३ जनाको समूहले आक्रमण गरेको बताएका छन्। उनले निर्वाचनमा पराजित भएको बहानामा गरिने गुण्डागर्दीको शैली तुरुन्तै बन्द गर्न चेतावनीसमेत दिएका छन्।

बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पुनः यस्ता घटना दोहरिए एमाले हात बाँधेर नबस्नेसमेत जानकारी गराउँदै दोषीलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाही प्रक्रिया अगाडि बढाउन स्थानीय प्रशासनसमक्ष जोडदार माग गर्दछौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.