‘चुनावपछि गठबन्धनका दलहरू सतीदेवीको अंगपतन भनेझैं झर्नेछन्’

|

काठमाडौं : नेकपा एमालेका सांसद तथा पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको बजेटले अहिलेको संकट समाधान गर्न नसक्ने दाबी गरेका छन्। संसद्‌मा बजेटमाथिको जारी छलफलको क्रममा उनले सरकारको ध्यान चुनावमा केन्द्रित भएकाले अर्थतन्त्र सम्हाल्न नसक्ने आरोप लगाएका हुन्। 

पूर्व-अर्थमन्त्री पाण्डेले भने, ‘यस वर्षको हाम्रो ९ करोड ६१ अरब डलर रिजर्भ छ। २ अर्ब ७० करोड डलरको साउनदेखि अहिलेसम्म डिपोजिट घटेको छ, हरेक महिना १२ देखि १५ करोड डलर घट्दै छ। डलरको डिपोजिट घटिरह्यो भने हाम्रो आयात घट्नेछ। हामीले फरेन करेन्सी दिन सक्दैनौँ।’ 

सरकारले फरेन करेन्सी दिन नसके १२ खर्ब ४० अर्ब रेभिन्यु कलेक्ट गर्न नसक्ने दाबी गरे।  रेभिन्यु कलेक्ट गर्न नसक्ने सरकारको राजश्व संकलनको लक्ष्य पनि टाइँटाइँ फिस हुने बताए। 

उनले प्रश्न गर्दै भने, ‘१२ खर्ब ४० अर्ब रेभिन्यु कलेक्ट गर्नको लागि जति भए पनि इम्पोर्ट गर भनेर छोड्दिनुपर्छ कि पर्दैन प्राइभेट सेक्टरलाई? अनि तपाईं डलर कहाँबाट दिनुहुन्छ? पर्सिदेखि राष्ट्र बैंकले म डलर दिन सक्दिनँ भन्ने वित्तिकै आयात कटौती हुनेछ। राजश्व पनि टाइँटाइँ फिस हुन्छ। यो पैसा उठ्न पनि सक्दैन।’

सरकारले ल्याएको बजेटको लक्ष्यभन्दा बाहिर भएको टिप्पणी गरे। 

‘तपाईले केही पैसा बाँड्ने कुरा गर्नुहोला चुनावमा प्रभाव पार्नुहोला। तर, अर्को सालमा जाँदा त टाउकोमा हात लगाएर बस्नुपर्ने र अर्थतन्त्र धराशायी भयो भनेर श्रीलंकाको जस्तो दशा हामीले देख्न नपरोस्। त्यस्तै खालको परिस्थिती उत्पन्न नहोस्’ उनको भनाइ छ।  

सरकारले वृद्धभत्ताको उमेर घटाएपछि त्यसको जस एमालेले पाउने दाबी गरे। चुनावी प्रतिबद्धताअनुसार वृद्धभत्ता ५ हजार किन पुर्याएको भन्दै प्रश्नसमेत गरे। 

उनले पाँच दलीय गठबन्धनको नेतृत्व गरेको कांग्रेसलाई गठबन्धन घाँडो भइसकेको टिप्पणी गरे। 

‘सुन्दैछु यो गठबन्धन चुनावमा जाँदैछ रे। कांग्रेसलाई यो गलगाँडबाट कहिले छुट्कारा पाउने भन्ने हतार छ। चुनावपछि अरु दलहरु सतीदेवीको अंगपतन भएझैं सबै झर्नेछन्’ उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.