यातायात व्यावसायीहरुले तेर्स्याए अनेक माग

|

काठमाडौं : दशैँ आउन करिब एक महिनामात्र बाँकी हुँदा पनि अग्रिम टिकट खुलाउनेसम्बन्धमा अन्योल देखिएको छ।

सरकारले अग्रिम टिकट खोल्न कुनै चासो देखाएको छैन। घटस्थापना आउन करिब २५ दिनमात्र बाँकी रहँदा यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच लामो रुटमा चल्ने सवारीसाधनको अग्रिम टिकट खोल्न कुनै छलफल भएको छैन।

दशैँका समयमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्को जिल्लामा धेरै यात्रु जाने गरेका छन्। धेरै ठाउँमा बाटो बिग्रिएकाले दुःख पाउने अवस्था रहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

चाड पर्वका बेला भत्किएका सडकका कारणले पनि धेरै दुर्घटना हुने गरेका छन्। केही दिनमा नै यस विषयमा छलफल अगाडि बढाइने महासंघका अध्यक्ष विजयबहादुर श्वाँरले थाहाखबरलाई जानकारी दिए।

दशैंको अग्रिम टिकट बुकिङ खुलाउनुअघि नै यातायात व्यवसायीहरुले भने अनेक माग अघि सार्न थालेका छन्।

महासंघका अध्यक्ष श्वाँरले भाडा समायोजनलगायतका विषयहरु टुंग्याउनुपर्ने बताए। दशैँअघि नै महासघंले उठाएका मुद्दामा सरकारले कोअर्डिनेशन गरेर रुट म्याप तयार गर्नुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.