तिहार

|

काठमाडौं : सरकारले विदेशबाट यस वर्षको तिहारमा फूल आयात नगर्ने भने पनि ३० लाख माला आयात भएको छ। ती फूल निजीबाट नभइ सरकारी तहबाट आयात भएको हो।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विदेशबाट फूल आयात हुँदा नेपालमै उत्पादन भएको फूलले मूल्य नपाएको बताए। अध्यक्ष तामाङले ३० लाख माला विदेशबाट आयात भएको जानकारी दिए। ‘सरकारले विदेशबाट फूल आयात नगर्ने भने पनि यस वर्ष ३० लाख माला आयात भएको छ,’उनले भने।

कृषि विकास निर्देशनालयको पुष्प विकास केन्द्रका सूचना अधिकारी सिर्जना न्यौपाने पौडेलले नेपालमै उत्पादन भएको फूलले नै यस वर्षको तिहारमा पर्याप्त मात्रामा पुग्ने भएपछि विदेशबाट फूल ल्याउन प्रतिबन्ध लगाएको बताएकी थिइन्। 

पुष्प विकास केन्द्रले तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्ने देखिएको भन्दै आयात अनुमतिपत्रको सिफारिस बन्द गरिएको सूचना सार्वजनिक गरेकाे थियो तर यस वर्षको तिहारमा पनि विदेशबाट ठूलै मात्रामा फूल भित्रिएको छ। 

उनका अनुसार यस वर्ष फूलले मूल्य नपाएका कारण कम नै कारोबार भएको छ। गत वर्ष २६ करोडकाे फूल कारोबार भएको थियो। ‘यस वर्ष फूल सस्तो भयो,’ उनले भने, ‘त्यसैले गत वर्षको जति पनि कारोबार हुन सकेन।’

उनले केही दिनपछि मात्रै यस वर्षको तिहारमा फूलकाे कारोबार कति भयो भन्ने यकिन हिसाब आउने बताए।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.