|

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र टिपर एकआपसमा ठक्कर खादा १७ जना यात्रु घाइते भएका छन्।

काठमाडौबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल– ४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिए।

घाइते मध्य १३ जनाको देवदह मेडिकल कलेज भलुही र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको  छ। घाइते मध्य १ जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य छ। 

दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.