|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मू-काश्मीरमा भएको आतंकवादी आक्रमणप्रति दुःख व्यक्त गरेका छन्। बिहान सामाजिक सञ्जालमा लेखेर उनले आतंकवादी हमलाको कडा निन्दा गर्दै आक्रमणमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

आक्रमणमा एक नेपाली नागरिक पनि परेको भन्ने विवरणलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गरी शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।

‘नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो। आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्’, विज्ञप्तिमा उल्लेख छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणमा परी २६ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.