काठमाडौँ : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्...
काठमाडौं: माथिल्लो त्रिशुलीमा दक्षिण कोरियाली कम्पनीले लगानी गर्ने भएको छ। लगानी सम्मेलनको क्रममा यो परियोजनामा लगानी गर्ने कोरियन कम्पनीले घोषणा गरेको हो।
कोरियन कम्पनीका प्रतिनिधि ह्यापविन किमले सन् २०२४ सम्ममा आफूहरूले त्रिशूली हाइड्रो पावरको काम सकिसक्ने योजना बनाएको बताए। यो परियोजनाको लागि ६१५ मिलियन अमेरिकी डलर लगानी गर्ने कोरियन कम्पनीले जनाएको छ।
नेपालमा जलविद्युत् लगानीमा संभावना देखिएको र प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत नेपाल राजनीतिक स्थिरता आएको र लगानीको वातावरण बनेको बताएकोले लगानी गर्न इच्छुक भएको किमले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।