बल्खु र कालीमाटी तरकारी बजारमा छड्के

|

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बुधबार बल्खु र कालीमाटीस्थित तरकारी बजारको छड्के अनुगमन गरेका छन्।

भारतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा चर्को मूल्य वृद्धि भएको गुनासो आएसँगै भट्ट तरकारी बजार पुगेका हुन्। झण्डै दोब्बर मूल्यमा प्याज बेचिरहेको सूचना आएपछि मन्त्री भट्टले छड्के अनुमगन गर्न पुगेका उनका स्वकीय सचिव हितेश ओझाले बताए। 

बल्खु र कालीमाटीमा सेवाग्राही बनेर मन्त्री भट्टले प्याज किनेका थिए। व्यापारीहरुले एक केजी प्याजको एक सय १० रुपैयाँसम्म लिएका छन्। केही दिन अगाडिसम्म ७५ रुपैयाँ किलो बिक्री भइरहेको प्याजको मूल्य अहिले आकासिएको छ। व्यापारीहरुले मन्त्री भट्टलाई नै ठगेर महँगो मूल्य तिराएका हुन्। 

मन्त्री भट्टले बल्खुका ७ वटा पसलमा प्याजको मूल्य अनुगमन गरेका थिए। ती पसलहरूमा अघिल्लो दिन ७५ रुपैयाँ बेचिएको प्याज बुधबार एक सय १० रुपैयाँमा बिक्री भइरहेको थियो। केही व्यापारीले अनुगमन टोललाई प्याज नभएको बताएका थिए। तर उनीहरुले परिचितहरूलाई भने महँगो मूल्यमा मन्त्रीकै अगाडि प्याज बेचेका थिए।

प्याज लुकाउँदै बजार मूल्य भन्दा महँगोमा बेचेको पाइएपछि ७ वटा पसलमा सिल गरिएको छ। ती पसलमा कारवाहीका लागि वाणिज्य विभागलाई जिम्मा दिइएको छ। प्याज लुकाउन प्रयोग भएको एउटा पिकअप भ्यान अनुगमन टोलीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.