|
फोटो : निर्माणको प्रक्रियामा रहेको 'भूकम्प वाटिका' को स्केच

  • रमेश पराजुली

सिन्धुपाल्चोक : जिल्ला सदरमुकाम नजिकैको प्रसिद्ध तिर्थस्थल गौराती भिमेश्वर मन्दिर जाने बाटोमा भूकम्प स्मृति वाटिका निर्माणको प्रक्रिया अघि बढेको छ।वाटिका निर्माणका लागि करिब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। वाटिका निर्माण गर्न प्राप्त ४४ रोपनी जग्गा अपुग भएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका डिभिजन प्रमुख डा. युवराज पौडेलले बताए। 

यस वाटिकामा १४ जिल्लाको भूकम्प स्तम्भ, जिल्लामा भूकम्पबाट ज्यान गुमाउनेहरुको नामावली , बालग्राम, वनभोज प्रयोजनको लागि आवश्ययक स्थान बन्नेछ। 'वाटिका निर्माणपछि सो क्षेत्र पर्यटकीय स्थलको रुपमा विकसित हुनेछ,' चौतारा नगरपालिकाका प्रमुख भूवनेश्वर लामिछानेले भने।

पूनर्निर्माणपछिको अवस्था झल्कने खालका विवरणसहितको संग्राहलयको समेत निर्माण गरिने लामिछानेले बताए। भूकम्प स्तम्भ, भूकम्प संग्राहलय, अनुसन्धान केन्द्र, विभिन्‍न किसिमको सभा समारोह गर्नको लागि हलहरु समेत सुविधा हुनेछ।

वाटिका निर्माणको लागि प्रारम्भिक योजना तयार भैसकेको छ। मुख्य योजनाहरु तयार गरि निर्माण कार्यको तयारीमा छ। वाटिकाको नक्सा तयारी गरी कार्य सुरुको लागि योजना तयार भैसकेको छ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सिन्धुपाल्चोकले कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला वन कार्यालय र आवास तथा जिल्ला प्रशासन कार्यालयको आवास स्थान निर्माण गर्नको लागि ठेक्कामा काम सुरु भैसकेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.