पूर्वमाओवादीका नेताहरू खरानी घसेर चिन्न नसक्ने भएको तर्क

|

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तह लगाउन नसकेको बताएका छन्।

तीन वर्ष आफूहरूले ओलीलाई तह लगाउने कोशिस गरे पनि नसकेको प्रचण्डले बताए।  आज काठमाडौंमा प्रदर्शनपछि आयोजित सभामा भने, ‘यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं।’ उनले प्रधानमन्त्री ओलीले पार्टी निर्णय र विधानसमेत नमानेको उनले बताएका थिए। 

'आज १४ वर्षपछि सडकमा जनता उत्रिएको छ। यो जनसागर १५ वर्ष उत्रिएको छ। यसले जनता जागेको प्रमाणित भएको छ। नेपालमा शान्ति सम्झौतामार्फत तीन तहको निर्वाचन सम्पन्न गरेर  गणतन्त्र प्राप्त भयो। यसको अवसर प्राप्त भयो। विश्वले नेपाललाई चिन्यो। हामीले युगान्त परिवर्तन ल्यायो,' प्रचण्डले भने।   

'बेरोजगारीलाई रोजगार दिने र आर्थिक विकास होस भन्ने सोचौँ। घोषणा पत्रमा लेखिएजस्तै नयाँ युगमा जानेछौँ। उत्पीडित जनजाति सबैलाई समान दिने छौँ। भन्ने संविधानमा लेखाएका थियौँ। हामीले ती सपनामा तीन वर्षमा पूरा हुन सकेनौँ', उनले दु:ख जनाए।  

गठबन्धन भएपछि सबै ती घोषण पूरा गर्ने सोचे पनि त्यसो गर्न नसकेको र केपी ओलीलाई प्रधानमन्त्री बनाएपछि केही कार्यन्वयन नभएको उनले बताए। ओलीले देश र संविधान नै नमान्न थालेका उनले आरोप लगाए। 

'हामीले नै उनलाई नमान्दिएको भए बेलैमा नाङ्गिन्थे। हामीले पार्टी बैठकमा संघर्ष नगरेको होइनौँ। तर, हामीले ओलीलाई सच्चाउन सकेनौँ। राष्टप्रति इमान्दार छौँ हुन्छौँ। जनताको बलले नै यो परिवर्तन आएको छ। त्यसैले अहिले पनि तपाईंहरुलाई गुहार गर्न आइपुगेका छौँ। जनताको उपस्थितिले प्रतिगमनको विपक्षमा रहेको स्पष्ट भइसक्यो,' अध्यक्ष दाहालले भने।  

ओलीले हुँदै नभएको अधिकारले संविधानलाई समेत विफल ग‍राउन लागेका भन्दै संविधान विघटन गर्ने तानाशाहलाई जनताले छुट नदिने बताए।

ओलीकै कदमका कारण सिंगो मुलुक एक ठाउँमा केन्द्रित भएको उनले बताए। 

'ओली र उनीनिकट मान्छेले सेटिङको कुरा गरिरहेका छन्। तर, हामीले जनताको बलबाट सेटिङ भत्काउन आवश्यक छ। षड्यन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ स्थापित गर्न चाहान्छौँ। हामीले अदालत र निर्वाचन आयोगमा गएर पनि भनिसकेका छौँ। हामीले पूर्ण रुपमा विश्वास गरेका छौँ। जनताको जित सुनिश्चित गरेका छौँ। सबैले प्रगिगमन भन्दा तीनलाई धम्की दिने गरिरहेका छन्। साइबर स्यालले रेकर्ड राख्ने रे कर्मचारीहरुलाई,' उनले रोष प्रकट गरे। 

'केपी र उनको गुटलाई चुनौती दिन्छु एउटालाई छोएर देखाऊ, गणतन्त्रको आन्दोलनमा जसरी साथ दिनुभयो। अहिले पनि लाग्नुहोस्। भोलि पनि जनताको सरकार आउनेछ। त्यो सरकारले ओलीलाई र त्यसको पक्षलाई गर्नेछ। संविधान र गणतन्त्रको ध्वस्त पार्नेको पक्षमा ओली छन्। पूर्वमाओवादीका नेताहरु अहिले खरानी घसेर चिन्न नसक्ने भएका छन्। ओलीको ओरिजिलन स्यालभन्दा अहिले खरानी घसेका धेरै छन्। ओलीको हिसाबले केही गर्दैन,' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.