|

बर्माका विदेशमन्त्री यु वाना मुङ लिवीङ आसियान (एसोसिएन अफ साउथ इस्ट एसियन नेसन्स) का विदेशमन्त्रीहरूको एक भर्चुअल बैठकमा सहभागी हुनुभएको भएका छन्‌।

​मंगलबार भएको सो बैठकमा उनी सहभागी भएको जानकारी म्यानमारका सरकारी सञ्चारमाध्यमहरूले दिएका हुन्‌। सेनाले 'कू' गरेपछि लिवीङ बर्माको विदेशमन्त्री नियुक्त भएका थिए। 

बर्माको सैनिकले गत फेब्रुअरी १ मा सत्ता विद्रोह गरेर बर्माका राष्ट्रपति यु विन मियान्त र राज्य सल्लाहकार तथा विदेशमन्त्री आङ सान सुकीलाई नजरबन्दमा राखेर यहाँ सैनिक शासनको घोषणा गरेको थियो।

सेनाले फेब्रुअरी १ देखि म्यानमारमा सैनिक शासनको घोषणा गर्नुका साथै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ। बर्माको प्रजातान्त्रिक दलका सबैजसो केन्द्रीय तहका नेताहरूलाई सैनिक सरकारले नजरबन्दमा राखेको छ। 

मंगलबार भएको सो भर्चुअल बैठकमा आसियानका सबैजसो विदेशमन्त्रीहरूले बर्मालाई शान्ति र रचनात्मक कार्यका लागि सहयोग गर्ने बताएको खबर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.