|
Photo : Goal.com

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र लिभरपूलले बराबरी खेलेका छन्। गएराति घरेलु मैदानमा सम्पन्न खेलमा १-१ को बराबरी खेलेपछि सिटी लिभरपूलसँग अंक बाँढ्न बाध्य भयो।

यसक्रममा सिटीकै पूर्व खेलाडी जेम्स मिल्नरले पेनाल्टी गोल गरे। सिटीका लागि भने सर्जियो एग्युरोले बललाई जाली चुमाए। बराबरीपछि अंक तालिकामा सिटी तेस्रो र लिभरपुल चौँथो स्थानमा कायम छन्।

दोस्रो स्थानको टोटनह्यामले भने साउथम्पटनलाई २-१ ले पराजित गरेको छ। उसको जितमा क्रस्टियन इरिक्सन र डेली अलीले १-१ गोल गरे।

यससँगै अंकतालिकामा लिग लिडर चेल्सीको ६९ अंक छ। दोस्रो स्थानको टोटनह्यामले ५९, तेस्रो स्थानको सिटीले ५७ र एक खेल बढी खेलेको लिभरपूलले ५६ अंक जोडेका छन्। म्यान्चेस्टर युनाइटेड ५२ अंकसहित पाँचौं र ५० अंक जोडेको आर्सनल छैटौँ स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.