|
तस्बिर : सैनिक जनसम्पर्क निर्देशनालय

काठमाडौं : भारतीय स्थल सेनाले नेपाली सेनालाई ७ वटा घोडा उपहार दिएको छ। प्रधानसेनापति राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका लागि नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतले बुधबार विभिन्न प्रजातिका ७ घोडा हस्तान्तरण गरे।

रावतले हस्तान्तरण गरेका घोडाहरु स्टालिओन लाइट ब्रिड, ब्रोड मेयर, गिल्ड र डंकी स्टालिओन प्रजातिका छन्।

दुई प्रधान सेनापतिबीच बुधबार नै भएको भेटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धबारे कुराकानी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

त्यसपछि रावतले नेपाली सेनाका रथी र उपरथीहरुसँग पनि भेटेका छन्। रावतले बुधबार नै टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गरका थिए भने जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.