रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिकाकी एक गर्भवती महिलालाई हेलिकोप्टरद्वारा उद्धार गरेर अस्पताल पठाइएको छ। पुथाउत्तरगंगा–१ मैकोटकी–१९ वर्षीया भुमिका पुन मगरलाई मंगलबार हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत पठाइएको हो।
महिलालाई गएराति १२ बजे देखि सुत्केरीको व्यथा लागेपछि स्वास्थ्य चौकी मैकोटमा पुर्याइएको थियो। स्वास्थ्य चौकी मैकोटमा बच्चा जन्माउन नसकेको र झन समस्या भएपछि प्रमुख जिल्ला अधिकारी राजकुमार राईको समन्वयमा हेलिकोप्टरद्वारा उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरीले जानकारी दिए।
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत गर्भवती महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ। भरपर्दाे र प्रभावकारी स्वास्थ्य संस्था तथा प्रसूतिगृह नहुँदा जिल्लाका दुर्गम भेगमा गर्भवती तथा सुत्केरी महिलाहरूले जोखिम मोल्दै आएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।