'पञ्चायतकालीन अवस्था आयो'

|

काठमाडौं : प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसहितका नेतामाथि दुर्ब्यबहार भएको खबर आएपछि म त्यसतिर हिँडिसकेको थिएँ। बिच बाटोमै एसएमएस आयो- 'डा. बाबुराम भट्टराईले ८ बजेर १० मिनेटमा पत्रकार सम्मेलन गर्दै छन्।'

आफूलाई गिरफ्तार गर्नुको कारण र कसुर खोजेर दिनभर पुलिस क्लबबाट रिहा हुन अस्वीकार गरेका भट्टराईसहितका ४८ नेतालाई प्रहरीले साँझ जबर्जस्ती रिहा गरेको थियो। निर्वाचन आयोग अगाडि प्रदर्शन गर्दा भट्टराई किन परेका थिए पक्राउ? पढ्नुस्

यसैबारे जानकारी दिन भट्टराईले पुलिस क्लबबाहिर पत्रकारलाई बोलाएका थिए। भट्टराईले पत्रकारमाझ आफूमाथि भएको घटना यसरी सम्झिए-

७ बजेतिर एसएसपी छविलाल ओझा आएका थिए। उनले अत्यन्त चिप्लो घस्ने किसिमले 'तपाईँलाई के सेवा गरौँ सर?' भने।

'हामीलाई केही चाहिँदैन। हामीलाई कुन अपराध गरेबापत यहाँ ल्याइएको हो र किन छोड्न लाग्नुभएको हो? भनेपछि उनी 'गुडनाइट' भनेर निस्किए। 

त्यो भन्दा पहिला उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग कुरा गरेको थिएँ। निधिलाई हामीलाई किन यहाँ ल्याइएको हो भनेर अहिलेसम्म जानकारी दिइएको छैन र अहिले छोड्न खोजिँदैछ। यो किन गरिँदैछ? भन्दा निधिले 'यो यस्तै हो सर तपाईँहरु गैदिनुपर्‍यो' भने।

 हामी भेडाबाख्रा त होइनौँ। मन लाग्दा ल्यायो, बाँध्यो अनि दाम्लो फुकायो, छोड्यो गर्नलाई। 

एसएसपी छविलाल गएको ५ मिनेटपछि डिएसपी राठौर आएर 'केटाहरु समात्' भने। लछारपछार गर्‍यो। हामीलाई किन यसरी बाहिर पठाइँदैछ भनेर फेरि सोध्यौँ। अत्यन्त क्रुरतापूर्वक बाहिर पठाउन खोझियौ।

माननीय गंगा चौधरीलाई पनि अपमानजनक व्यवहार गरियो। हिसिला यमीजीलाई पनि अपमानजनक व्यवहार गरियो। अरुलाई पनि त्यस्तै अभद्र व्यवहार गरियो।

त्यसपछि बल प्रयोग गरेर निकाल्ने देखेपछि यो कुरा त जनतालाई भन्नुपर्छ। विश्वलाई भन्नुपर्छ भनेर हामी बाहिर निस्कियौँ। 

पञ्चायतकालीन अवस्था आयो। पञ्चायतमा कांग्रेसले दलीय चुनाव चिन्ह लिएर लड्न पाउँ भन्दा गिरिजाप्रसादलाई लड्न दिइएन। त्यसपछिको हविगत के भयो? राजावादीहरुले त्यसो गरेका थिए।

अहिले पनि त्यस्तै झल्को आयो। अब नेपाली जनता सुत्नु हुन्न। त्यसको विरुद्धमा सबै उठ्नुपर्छ। बास्तविक लोङ्कतन्त्र ल्याउनुपर्छ। मेरै पूर्व सहयोद्धा प्रधानमन्त्री भएको बेला यस्तो भयो। 

यो पनि पढ्नुस्ः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.