|

बुटवल : नेपालका लागि थाइल्याण्डका राजदूत भागवत तान्सीकुलले लुम्बिनी र बौद्ध संस्कृतिको विकास तथा संरक्षणका लागि थाई सरकारले सधैं सहयोग गर्ने बताएका छन्। २५६१औ बुद्ध जयन्तीको अवसर पारेर पत्रकार चेतन पन्तले मंगलबार लुम्बिनीमा आयोजना गरेको फोटो तथा वृतचित्र प्रदर्शनी कार्यक्रममा राजदुत तान्सीकुलले  बौद्ध दर्शन र लुम्बिनीको विकासका लागि सहयोग गर्न  थाइ सरकार सधै तत्पर रहेको बताए।

उनले बुद्ध जन्मिएको महत्वपुर्ण स्थान लुम्बिनी आउँदा निकै खुसी लागेको बताए।  कार्यक्रममा पत्रकार चेतन पन्तले लुम्बिनीलाई विश्वमा चिनाउन आफुले उत्कृष्ट फोटोहरु संकलन गर्ने गरेको बताए।

कार्यक्रममा सिद्धार्थ होटल एशोशिएसनका महासचिव लिलामणी शर्माले लुम्बिनीलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन मिडियाको भूमिका महत्वपुर्ण रहेको बताए। कार्यक्रममा पत्रकार पन्तले निर्देशन तथा निर्माण गरेको 'लुम्बिनी : स्वप्नशान्तिको भूमी' नामक वृत्तचित्र प्रदर्शन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.