|

पर्सा : वीरगन्ज महानगर भित्रबाट पर्सा प्रहरीले नौ किलो ३ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ।

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १ जगतीया चोकबाट ती युवकलाई पर्सा प्रहरीले गाँजासहित पक्राउ गरेको हो।

पक्राउ पर्ने युवकहरू पर्साको धोविनी गाउँपालिकाका ५ का नन्दलाल दास र पर्साकै छिपहरमाई गाउँपालिका वडा नम्बर ३ का बाघा यादव रहेको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।

उनीहरुले बीआर २२ के २१८० नम्बरको भारतीय नेमप्लेट भएको मोटरसाइकलमा उक्त परिमाणको गाँजा लोड गरी वीरगन्ज १ कै जगतीया चोकबाट दक्षिण भारततर्फ लाँदै गरेका थिए।

सो स्थानमा खटेको प्रहरीले विभिन्न व्यक्ति तथा सवारीलाई रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा फेला परेपछि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.