|

काठमाडौं : मुग्लिन–नारायणगढ सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुल नजिकैबाट गाडी त्रिशूली नदीमा खसेको छ।

गाडी खसेको जानकारी बिहान ४ बजेतिर पाएपछि गोताखोरको टोलीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) राजेन्द्र अर्यालले जानकारी दिए। ‘सूचना पाएपछि घटनास्थलमा पुग्दा पानीभित्र गाडीको बत्ती बलिरहेको देखियो’, उनले भने, ‘त्यसपछि गोताखोरको टोली बोलाएर गाडी निकाल्ने प्रयासमा छौँ।’

अहिले गोताखोर टोलीले अहिले डुबेको गाडीमा डोरी बाँधेको छ। ​केहीबेरमा गाडी बाहिर निकाल्ने मुग्लिन प्रहरीले जनाएको छ। बोलेरो जीप रहेको र गाडी भित्र मान्छे नभेटिएको गोताखोर टोलीलाई उद्धृत गर्दै वरिष्ठ सई अर्यालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.