|

काठमाडौं : तेह्रथुमको लालीगुराँस नगरपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।

लालीगुराँस –९ स्थित काँडे भन्ने स्थानमा बुधबार साँझ दुर्घटना हुँदा टिपरमा रहेका झापाको मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

सङ्खुवासभाको मादी नगरपालिका–४ का ४० वर्षीय दिनेश तामाङ, झापाका २१ वर्षीय समीर चौधरी र विष्णु थामी घाइते भएका हुन्। गम्भीर अवस्थाका थामीलाई उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। 

घाइते दुईजनाको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ।

म्याङ्लुङ–वसन्तपुर सडक खण्डको काँडेबाट लसुन बजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.