|

इजरायली सेनाले दक्षिणी गाजा शहर रफाहमा नागरिकलाई सुरक्षित निकाल्ने लगायतका सैन्य योजना मन्त्रिपरिषदमा प्रस्तुत गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयका अनुसार खाद्य ट्रक सिधै उत्तरी गाजामा प्रवेश गर्ने योजनालाई अनुमोदन गरेको छ। 

सामान बोकेका ट्रक सर्वसाधारणले बाटोमै लुट्ने गरेकाले यस्तो विधि अपनाइएको बताइएको छ। हाल मानवीय सहायताका ट्रकहरू दक्षिणी एन्क्लेभमा अवस्थित दुई क्रसिङ हुँदै गाजामा प्रवेश गर्ने गरेका छन् । इजरायलले राफाहमा भूमिगत कारबाही नगर्न अन्तरराष्ट्रिय अह्वान गरेपछि यो घोषणा बाहिर आएको हो। 

स्रोतका अनुसार १० लाखभन्दा बढी मानिसहरू इजरायली बमबारीबाट अन्यत्र आश्रय खोजिरहेको बताइएको छ। भोगग्रस्त नागरिकहरूले ट्रकमा आक्रमण गर्ने गरेकाले खाद्यान्न लक्षित समुदाय र क्षेत्रसम्म पुर्‍याउन सकिएको छैन । गाजा स्ट्रिपमा कम्तीमा पाँच लाख मानिस चरम खाद्यसुरक्षाको चुनौती भोगिरहेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.