|

मध्य भारतको छत्तीसगढ राज्यमा मंगलबार प्रहरी र अर्धसैनिक बलको संयुक्त दस्ताबीच भीषण गोली हानाहान हुँदा चार नक्सलवादी विद्रोही मारिएका छन्।

छत्तीसगढको राजधानी रायपुरबाट करिब ४०३ किलोमिटर दक्षिणमा रहेको बिजापुर जिल्लाको जंगल क्षेत्रमा सरकारी फौजले खोजी अभियान सञ्चालन गर्दा गोली हानाहान भएको हो।

जंगल क्षेत्रबाट चार नक्सलवादी विद्रोहीको शव फेला परेको र त्यस क्षेत्र आसपास खोजी अभियान जारी रहेको वरिष्ठ प्रहरी अधिकारीले सञ्चार माध्यमलाई जानकारी दिए। घटनास्थलबाट केही हतियार र गोलीबारुद पनि बरामद भएको छ।

आइतबार राज्यको काङ्केर जिल्लाको कोयालिबेडा क्षेत्रको जंगलमा गोली हानाहानमा  तीन नक्सलवादीको मृत्यु भएको थियो।

हाल भारतको मध्य र पूर्वी भागहरूमा नक्सलवादी विद्रोही सक्रिय छन्। विद्रोहका कारण सयौँको मृत्यु भएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.