|

हेटौंडा : हेटौंडा–कुलेखानी सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–३ अन्तर्गत पर्ने सिस्नेरीको थिङडाँडामा बिहान करिब २ बजे पहिरो जाँदा हेटौंडा–काठमाडौंको यातायात सेवा अवरुद्ध भएको छ। 

सो बाटो अवरुद्ध भएपछि वैकल्पिक रूपमा मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने कुलेखानी–फाखेल सडकबाट बिहानदेखि हेटौंडा–काठमाडौंको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

सिस्नेरी सडकखण्डको थिङडाँडाको पहिरो हटाउन डिभिजन सडक कार्यालयबाट दुई डोजर त्यसतर्फ पठाइएको र मौसम सुधार भए शनिवार अपराह्नदेखि यातायात सेवा सञ्चालन गर्ने प्रयास गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.