|

दमक : मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा मोटरसाइल चालकको मृत्यु भएको छ। शनिबार साँझ भएको दुर्घटनामा  भद्रपुर नगरपालिका २ का १८ वर्षीय प्रदिप चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ ह ५५५ नम्बरको सिटी सफारीलाई सोही दिशाबाट आउँदै गरेको मे ७ प ६५७६ नम्बरको मोटरसाइकलले  ठक्कर दिएको थियो। दुर्घटनामा सफारी चालक मेची नगरपालिका १२ का २६ वर्षीय सन्दिप दुलाल घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरीप्रसाद शर्माले बताए। 

घाइते दुलालको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.