|

काठमाडौं : प्रेस काउन्सिल नेपालले आउँदो बुधबार बोर्ड बैठक बोलाएको छ। अध्यक्ष भवानी बरालको निर्देशन बमोजिम बुधबार बिहान ९ बजे बोर्ड बैठक बोलाइएको काउन्सिलका सदस्य सचिवसमेत रहेका सूचना विभागका महानिर्देशक वीरबहादुर राईले थाहाखबरलाई जानकारी दिए।

आइतबार काउन्सिलका १० जना सदस्यले तत्काल बोर्ड बैठक बोलाउन सामुहिक निवेदन दिएका थिए। उनीहरूले २४ घण्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए।

उनीहरूले अध्यक्ष बरालले काउन्सिलको बोर्ड बैठक नबोलाएको र बोलाएको बैठक पनि अन्तिम समयमा बिनाकारण स्थगित गरेको भन्दै असन्तुष्टि जनाएका थिए। काउन्सिल अध्यक्ष बरालले भने एजेन्डा नभएकोले बैठक नबोलाएको प्रतिक्रिया दिएका थिए।

मिडियामा आचारसंहिता अनुगमन गर्ने स्वायत्त संस्था प्रेस काउन्सिलको बोर्डमा अध्यक्षसहित १२ जना हुन्छन्।

सम्बन्धित समाचारः प्रेस काउन्सिलमा 'विद्रोह'? २४ घण्टाभित्र बोर्ड बैठक बोलाउन १० सदस्यको अल्टिमेटम

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.