|

पाल्पा : जिल्ला अदालत पाल्पामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा परेका छन्। गत आर्थिक वर्ष २०७३-७४ मा १ सय २० थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए। 

कुलमध्ये ९२ थान मुद्दाको फैसला भएका छन् भने २८ वटा मुद्दाको फैसला हुन बाँकी छ। गत आर्थिक वर्षमा फैसला भएका धेरै मुद्दा सम्बन्ध विच्छेदको रहेको न्यायधिस भरतमणी खनालले जानकारी दिए।

अन्यायमा परेको भन्दै उजुरी दिन महिला नै आउने गरेको खनालले बताए। विशेषगरी १८ देखि २५ वर्ष उमेर समुहका युवा–युवती सम्बन्ध विच्छेद गर्न आउने गरेका छन्।

सानो उमेरमा प्रेम विवाह गर्ने र व्यवहारिक जीवनमा उनीहरुबीच विभिन्न घरायसी समस्याले विवाद उत्पन्न भएपछि सम्बन्ध विच्छेद गर्न आउने गरेको न्यायधिस खनालले बताए। 

यस्तै अन्तरजातिय विवाह पनि सम्बन्ध विच्छेदको कारण बनेको छ। सम्बन्ध विच्छेदको अर्को डरलाग्दो कारण वैदेशिक रोजगार रहेको छ। घर गृहस्थी चलाउन भन्दै श्रीमान् विदेश जाने र श्रीमतिी छोराछोरी पढाउने वा आफुले केहि सिप सिक्ने बहानामा सहरमा पस्ने प्रवृत्तिले पनि सम्बन्ध विच्छेदलाई टेवा पुर्‍याएको छ।

अधिकांश सम्बन्ध विच्छेदका मुद्धा वैदेशिक रोजगारमा गएका श्रीमान र सहरमा बसेकी श्रीमतीबीचको आउने गरेको अदालतका श्रेष्तेदार सुवर्ण खनालले बताए। 
तर मेलमिलापको नीति अनुसार ३१ थान मुद्दामा भने मेलमिलाप गराई पठाउने काम पनि भएको छ। पीडित र पीडक पक्षबीच सहमति गराई मिलाएर घर पठाउन सफल भएको श्रेष्तेदार खनालले बताए।

अदालतमा वैतनिक वकिल रहेको र ती वकिलले अन्यायमा परेका गरिब, विपन्न, सहरा विहिनहरुको मुद्दामा निशुल्कः बहस पैरवी गर्ने व्यवस्था रहेको खनालले जानकारी दिए। उनका अनुसार ४० प्रकारका निवेदन अदालतमै निशुल्क लेखिदिने व्यवस्था समेत रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.