|

काठमाडौं : पद्मश्री साहित्य पुरस्कार २०७३ को लागि उत्कृष्ट पाँच पुस्तकको मनोनयन सूची सार्वजनिक गरिएको छ। खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने उक्त सूचीमा पाँच पुस्तक रहेका छन्।

वि.सं. २०७३ सालमा प्रकाशित भइ प्रतिष्ठानले प्राप्त गरेका पुस्तकहरुमध्येबाट विभिन्न व्यक्तिहरुको सल्लाहमा उत्कृष्ट पाँच पुस्तक छानिएको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

छनोटमा परेका पुस्तक मध्येबाट एक पुस्तकले २ लाख राशीको पद्मश्री साहित्य पुरस्कार पाउनेेछ। २०७२ को पद्मश्री साहित्य पुरस्कार 'चीरहरण' उपन्यासका लागि निलम कार्की निहारिकालाई प्रदान गरिएको थियो। 

मनोनयनमा परेका पुस्तकहरुको वर्णानुक्रम अनुसारको सूची:

१. कहर- जनकराज सापकोटा 
२. घाटमाण्डु- कुमार नगरकोटी 
३. छाउघर- राज सरगम 
४. रोल्पा सुइना- नविन विभास 
५. सगरमाथाको गहिराइ- नवराज पराजुली 

यो पनि पढ्नुस् : यी ९ मध्ये एक पुस्तकले पाउनेछ यो वर्षको मदन पुरस्कार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.