|

सोलुखुम्बु: बलात्कार गरेको आरोपमा सोलुखुम्बु सोताङका एक व्यक्ति पक्राउ परेका छन्।

सोताङकी एक बोल्न नसक्ने महिलालाई करणी गरेको उजुरीको आधारमा सोताङ गाउँपालिका- ५ का भूप नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो नेपालीले २२ वर्षकी एक युवतीलाई करणी गरेको भन्दै पीडित महिलाका आफन्तले प्रहरीमा उजुरी गरेका थिए। ५१ वर्षका अभियुक्त नेपालीलाई शुक्रबार प्रहरीले घरैबाटै पक्राउ गरेको थियो।

अहिले नेपालीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु ल्याई थप अनुसन्धान भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.