|

तनहुँ : शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा सोमबार २ वटा शव फेला परेको छ। शुक्लागण्डकी ८ गाछेपानीस्थित काठेपुलमूनि एउटा घोप्टो र अर्को उतानो परेको शव पानीमा तैरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ। 

दुलेगौडाबाट ढोरफिर्दीस्थित ढोरबाराही मन्दिर जाने काठे पुलमूनि सेती नदीको खोचमा आइतबार साँझ शव देखिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। तर सोमबारसम्म शव निकाल्न नसकेको इलाका  प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

नदीको भूमरीमा शव घुमिरहेकाले निकाल्न कठिनाइ भएको र प्रहरी टोलीले शव निकाल्ने प्रयास गरिरहेको अधिकारीले बताए। भूमरीमा फसेको शव गत सोमबार लेखनाथ उपमहानगरपालिका– ३३ स्थित पशुपतिघाटबाट नदीले बगाएका मजदुरहरुको शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.