|

डोटी : मंगलबार दिउँसो जिल्ला मालपोत कार्यालय डोटीका प्रमुख सुनिल सागर जोशीलाई कालोमसो दलेर फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। मुक्त हलियाको रकम हिनामिना गरेको र कमिसन खान खोजेको भन्दै जिल्ला मालपोत कार्यालय डोटीका कार्यालय प्रमुख जोशीलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले आज दिउँसो कालो मसो दलेका थिए

माओवादी केन्द्रका डबल सिंह, साजेन्द्र कोली र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोहन कठायतलाई प्रहरीले बेलुका पक्रेको डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक दिल्लीराज विष्टले जानकारी दिए।

धर्मामा बसेका मुक्त हलियासँग कार्यालय परिसरमा छलफल गर्दै गरेका जोशीलाई कालोमसो दलिएको हो। हलिया पुनर्स्थापनाका लागि आएको रकममा कमिसन खान खोजेको भन्दै मालपोत कार्यालयमा हलियाले आजै तालाबन्दी समेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.