|
फोटो सौजन्य : धावा लामा

गोरखा : गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत मनास्लु पदमार्गको चुम्लिङ र लोक्पाको बीचमा पहिरो खसेको छ। पहिरो खसेपछि स्थानीयहरुसँगै मनास्लु पदमार्ग भएर चुमभ्याली जानका लागि हिँडेका पर्यटकहरु बीचबाटोबाटै फर्कन बाध्य भएको टुरिस्ट गाइड समेत रहेका छेकम्पारका धावा लामाले जानकारी दिए। 

‘पहिरोले आवात–जावतमा पनि समस्या भएको छ’ लामाले भने ‘गाउँका मान्छेहरु जोखिम मोलेरै भएपनि हिँडेका छन्। विदेशीहरु भने फर्कन थालेका छन्।’ 
त्यस्तै उत्तरी गोरखाको एक मात्र खाद्यान्‍न ढुवानीको माध्यम खच्चड पनि यस बाटो भएर हिड्न सकेका छैनन्। खच्चडहरु सो बाटो भएर सामान लिएर नहिँडेको चार दिन भइसकेको लामाको भनाइ छ। 

‘त्यहि बाटो नहिँडी नहुनेहरु ज्यानको बाजी थापेर हिँडेका छन्,’ उनी भन्छन् ‘ तर यहाँ आएका विदेशीहरु माथि जान सकेनन् अनि खच्चडले सामान गाउँ लैजान पाएन।’ 
उनका अनुसार मनास्लु क्षेत्र घुम्न आएका अमेरिकन, टर्किस र मेक्सिकन पर्यटकहरु पहिरो गएको पदमार्ग हुँदै चुमभ्याली जान सकेनन्।  मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का राम भट्टका अनुसार पदमार्गमा गएको पहिरोको कारण मानिसहरुले सामान बोकेर आवात–जावत गर्न सकेका छैनन्। उनीहरु बीचबाटोबाटै  फर्किएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.