|

डडेल्धुरा : डडेल्धुरा बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। दसैँ, तिहारको अवसरमा यात्रुहरुलाई हुने विभिन्न समस्याहरुलाई ख्याल गर्दै शुक्रबारबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले उक्त कक्ष सञ्चालनमा ल्याएको हो।

यात्रुहरुबाट बढी भाडा लिएमा, यात्रुहरुको समानहरु हराएमा, सवारीसाधनमा बढी यात्रु राखेमा, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको पाएमा, आक्षरण सिटअनुसार यात्रुहरुलाई नबसाइएको पाएमा सहायता कक्षमा सम्पर्क गर्न यात्रुहरुलाई प्रहरी नायव निरीक्षक कृष्ण पुजाराले आग्रह गरेका छन्।

‘सहायता कक्ष सञ्चानमा आएपछि चाडपर्वको बेला हुने विभिन्न समस्याहरु एवं यात्रुहरुले सवारीसाधनबाट दैनिकरुपमा भोग्दै आएका समस्या कम हुने विश्वास लिएको छ।’ प्रहरी नायव निरीक्षक पुजाराले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.