|

काठमाडौं: पोखराको लेकसाइडमा रहेको कुटी रिसोर्टले चाडपर्वलाई लक्षित गरेर पर्यटकहरुलाई नयाँ प्याकेजको घोषणा गरेको छ। 'सिजन अफ स्माइल' नाम दिइएको प्याकेज १ अक्टोबर देखि ३० नभोम्बरसम्मको लागि उपलव्ध गराइएको छ।

यो प्याकेज अन्तर्गत परिवार तथा साथिहरुलाई लक्षित गरेर बनाइएको बुधबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रिसोर्टका निर्देशक सुरज विष्टले जानकारी गराए।  जस अन्तर्गत एउटा डिलक्स रुमको एक जनाले प्रयोग गर्दा ४५ सय रुपैया पर्छ भने दुई जनाले लिदा प्रतिव्यक्ति ३ हजार रुपैयाँमा उपलव्ध गराइएको छ।

यो प्याकेजमा लक्स रुमका साथ प्रत्येक दिन बफेट, ब्रेकपाष्ट र डिनर प्याकेज समावेश गरिएको छ।  रिसोर्टमा उपलव्ध स्विमिङ पुल,सौना, वाइफाइ लगायत सुविधा निशुल्क प्रयो गर्न पाइने विष्टले बताए। त्यस्तै अतिथिको आगमनमा निशुल्क फलफुल बास्केट र वेलकम डिरङक उपलव्ध गराएको छ। यो रिसोर्टमा ५० डिलक्स रुम,स्विमङ पुल,स्पा,कफि सप,रेष्टुरेण्ठ र मिटिङ हल रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.