|

काठमाडौँ: राजधानीमा शुक्रबार सुरु भएको स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा हालसम्म निर्वाचन सम्पन्न भएका स्थानीय तहहरूमा स्वाथ्यका कर्मचारी पुगिसकेको पाइएको स्वास्थ्य सेवा विभागका उप-महानिर्देशक चूडामणि भण्डारीले बताएका छन्।

स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेका ठाउँमा नयाँ व्यवस्थाअनुसार स्थानीय तहमा कर्मचारी जान नमानिरहेको अवस्थामा स्वास्थ्य सेवाका कर्मचारीहरूले भने स्थानी यतहमा गएर स्वास्थ्यका कार्यक्रमहरू निर्माण गरिरहेको पाइएको उनले बताए। 'निर्वाचन स्मपन्न भइसकेका अधिकांश  स्थानीय तहमा स्वास्थ्यका कर्मचारी पुगेर काम गर्न थालिसकेका पाइयो', उनले भने,  'तर स्थानीय तहमा निर्वाचित भएर आएका प्रतिनिधिहरू र कर्मचारीबीच उचित समन्वय नहुँदा काम गर्न अप्ठ्यारो भइरहेको भन्ने गुनासो धेरै आएको छ।'

स्थानीय तहमा औषधि अभाव

स्थानीय तहका निर्वाचित प्रतिनिधिहरूले खरीद प्रक्रिया अघि नबढाउँदा स्थानीय तहमा औषधिको अभाव देखिन थालेको उपनिर्देशक भण्डारीले बताए। 'हामीले औषधि खरिदका लागि गाउँपालिकादेखि महानगरपालिकासम्म डेढदेखि दुई लाख रूपैयाँ पठाएका थियौँ', उनले भने, 'तर स्थानीय तहका प्रतिनिधिहरूले खरीद प्रक्रिया अघि नबढाउँदा कतिपय स्थानीय तहमा औषधिको अभाव हुन थालेको देखिएको छ।'

कार्यक्रममा सरकारद्वारा निःशुल्क वितरण गरिराखेका ७० प्रकारका औषधिको उपलब्धता, खोप, आमा सुरक्षा, बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, कुष्ठरोग तथा औलो नियन्त्रण, क्षयरोग नियन्त्रण,एड्स नियन्त्रण, सर्ने तथा नसर्ने रोगका बारेमा समीक्षा, सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा र संघीयतामा स्वास्थ्यको संरचनाका बारेमा समीक्षा गरिने बताइएको छ।

अघिल्लो वर्षसम्म क्षेत्रीय र केन्द्रीयस्तरमा समीक्षा हुने गरे पनि यसपटक प्रदेशस्तरीय समीक्षाबाट सुरु भएको यो बैठक आगामी असोज ९ सम्म चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.