|

अर्जुन बोहरा-

    सिमकोट : जिल्ला प्रशासन कार्यालय हुम्लाले सेवाग्राहीको सबै प्रमाण तयार पारेको खण्डमा १५ मिनेटमै नागरिकता सेवा उपलब्ध गराएको छ।  नागरिकता लिनको लागि सेवाग्राहीलाई  घण्टौं लाइनमा बस्नुपर्ने झनझट यस पटकबाट हटेको समेत आफन्तको नागरिकता बनाउन  जिल्ला प्रशासन कार्यालय आएकी सिमकोट गाउँपालिका ४ की कमला लामाले बातइन्। 

    लक्ष्मीप्रसाद बास्कोटा  प्रमुख जिल्ला अधिकारी भएर हुम्लामा आएलगतै  जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीलाई सेवा प्रवाह गर्दा एक मिनेट पनि नरोकिने गरी प्रतिबद्धता जनाएका छन्। प्रमुख जिल्ला अधिकारी बास्कोटाका अनुसार नागरिकता ऐनअनुसार सर्वसाधारणलाई सबै प्रमाण जुटाएर आएमा  सेवाग्राहीलाई नागरिकताको प्रमाणपत्र, शिफारिससहित राहदानी सेवासमेत  उपलब्ध गराएको बताए।

    नागरिकता लिनका लागि ४ दिन पैदल हिँडेर सदरमुकाम सिमकोटसम्म आइपुग्नु पर्ने बाध्यता थियो। तर, अहिले  जिल्ला प्रशासनले एक दिनमै नागरिकता बनाइदिँदा सहज भएको ताँजकोट गाउँपालिका ४का वडा अध्यक्ष धनलाल जैशीले बताए।

    नागरिकता बनाउन आफूले नागरिकता सबै प्रमाण जुटाएर जिल्ला प्रशासन कार्यालयमा गएको १५ मिनेटमै आफनो नागरिकता बनेको र नागरिकता बनेको केहि समयमै राहदानीको लागि पनि शिफारिससमेत पाएको खुसी व्यक्त गर्दै  सिमकोट गाउँपालिका वटानं ४ निवासी होसेरग्यालबेल  लामाले बताए। एक दिनै नागरिकतासहित राहादानी सिफारिस तयार भएकोले पनि पहिलाभन्दा अहिले जिल्ला प्रशासन कार्यालय हुम्लाले सेवाग्राहीलाई छिटोछरितो काम गरेकोले ग्रामीण क्षेत्रका बासिन्दालाई सहज  सेवा पाएको लामाले बताए।

    नागरिकता बनाएको केही समयमै राहदानी सिफारिससमेत बनाएर सेवा दिएको जिल्ला प्रशासन कार्यालयका सुब्बा भीम बहादुर रोकायाले बताए।
    अन्य दिनभन्दा पनि दसैं तिहारको  समय भए पनि हरेक दिन जिल्ला प्रशासन कार्यालयमा १५ देखि २० जना जति नागरिकता,राहदानी लगायत अन्य सिफारिस लिन आउने गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाका सुब्बा रोकायाले बताएका छन्।

    उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट अहिलेसम्म  १ हजार ६ सय नागरिकता, १३ हजार सीमापास, ८ सय राहदानी र ३ सय नागरिकता प्रतिलिपी दिएको  बताए। हुम्लाको मध्ये गाउँपालिका लाई लक्षित गर्दै सर्केगाड इलाका प्रशासन कार्यालय कार्यालयबाट यस वर्ष २ सय ५५  वटा नागरिकता सिफरिस भई नागरिकता सेवा दिएको  छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.