|

काठमाडौं : काठमाडौं उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारीसाधन चलाउनेको संख्या बढ्दो छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष ०७३/०७४ मा २६ हजार ५ सय २९ जनाले बिनालाइसेन्स सवारीसाधन चलाएको पाएको छ। महाशाखाले उपत्यकका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त संख्यामा चालक कारबाही गरेको हो।  

महाशाखाका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाल कानुनको परिपालना नगरी अनधिकृत रुपमा लुकिछिपी सवारीसाधन चलाउनेको संख्या धेरै रहेको बताउँछन्। 'विना लाइसेन्स भित्री सडकमा सवारी साधन चलाउने चालक धेरै छन्, ट्राफिक प्रहरीले यस्ता चालकमाथि विशेष अभियान चलाएको छ' प्रमुख खनालले भने।

उनले सवारी साधनको वृद्धिसँगै लाइसेन्स नलिई सवारी चलाउने चालकको संख्यामा समेत वृद्धि हुँदै गएको बताए। महाशाखाले अहिले बिनालाइसेन्स सवारीचालक चलाउने चालकमाथि १ हजार जरिवाना लिँदै आएको छ। पहिला  २५० राजस्‍व लिँदै आएको महाशाखाले ०७३ वैशाख १३ गतेको निर्णयअनुसार १ हजार राजस्व लिँदै आएको हो।

पक्राउ परेका सवारीसाधन फिर्ता भने सम्बन्धित सवारीधनी वा चालकको आफन्तले लाइसेन्स लिएर आएपछि मात्र गर्ने गरिन्छ। हाल काठमाडौं उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारीसाधन रहेको यातायात व्यवस्था विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • लाईसन भएकोलाईत कम्तिमा60,000तलब दिनपनी सक्नु पर्‍योनी नेपाली कम्पनिहरुले? तेसैलेता नेपालमा ड्राइभर अपरेटर्स को भ्यगुताको जतिपनी भ्याल्लु छैन ।। गाडी घोडा खोलामा हल्छ घाइते र बिकसको पैसा झोलामा हल्छ टाप्कस्छ लुक्छ नेपाली कम्पनीहरु । र हामी जस्यो लाईसन भएकोलाईत तलब दिनुपनी सक्नु पर्‍योनी र नेपाली लाईसन सिदातरिकाले निकाल्नुत यातायातको नाटकिय सूचनै सूचना पर्खिदै बनायो भने तिन सालमा चानचुन 1लाख सग्दापनी बन्दैन लाईसन ।। तेसैले घुस बद्देता हो हजुर बद्देता साँडे3 लाखको बाईक वा 21लाखको बोलेरो किनेर चलाको कम्तिमा5/10बर्षा भएको तर टेस्टमा जाँदा फेल गरिदिन्छ तेसैले घरमै बसि बसि लाईसन लिनेहो मागेको दाम दिनेहो कस्को बाउको के लाग्छ? हामिलाई चहेको लाईसन उनिहरुलाई चहेको पैसा ।। काम नजानेको भएपो जानेरै टेस्ट दिना जाँदा फेल गरिहल्छ झुलाउछ तेसैले पैसोपैसो।।।टाढा टाढा बाट आएर घरी घरी भित्तामा हेर्दै समाय बर्बाद पार्नु भन्दा घुस दियो लियो खेल खत्तम सोलुखुम्बु बाट आउनु जनु यातायातको नाटकीय सुचना हेर्नु पर्खिनु केको कर हामिलाई? बरु एक्कै झट्कामै काम बनिन्छ घुस्ले बडो आनन्दा साथ । समात्नेे भनेको तेहि खुरापती चलाउनै नजान्ने घुसपनी नदिनेलाई मत्रै हो।।। काम जान्नुस घुस दिनुस फटाफट लाइसेन्स बनाएर फाइदा लिनुस।।।