|

सोलुखुम्बु : सोताङ बजारमा खच्चडको वैकल्पिक मार्ग नहुदा सर्वसाधरणलाई समस्या भएको छ। सोलुखुम्बुको कर्णाली भनेर चिनिने कोशीपारि सामान ढुवानीका लागि प्रयोग हुँदै आएको खच्चड र मानिसको यात्रा गर्ने बाटो एउटै भएकाले समस्या भएको हो। 

दूधकोशी दिप्लीघाट हुँदै महाकुलुङ गाउँपालिकासम्म सडकमा आवतजावतमा समस्या छ। शिवपुर बजारमा प्रत्येक साता लाग्ने हाटका कार शुक्रबार झन् समस्या हुने गरेको छ। ‘शिवटारको बाटो त्यसै पनि साँघुरो छ’ स्थानीय ओम कुटुवालले भन, ‘हटियाकै दिन मानिसको चाप र खच्चडको हिडाइँले ठूलो सास्ती खेप्नुपर्छ।’ 

सोताङ बजारस्थित वीरेन्द्रज्योति माविको प्राङ्गणमा अधिकांश शुक्रबार हुने कार्यक्रम हेर्नका लागि सर्वसाधारण बाटैैमा उभिने र त्यही समयमा खच्चड आवतजावत गर्दा समस्या भएको कटुवालले बताए। 

सानो सडकमा खच्चडको चाप बढी हुने र सोही मार्गमा मानिसले समेत भारी बोकेर हिड्दा खच्चडले धकेलेर लडाउने गरेको छ। दिप्लीबाट महाकुलुङको गुदेलसम्म नियमित भारी बोकेर यात्रा गर्ने काशीराम तिवारीले भने, ‘खच्चडले कति भरियालाई लडाएर घाइते बनाउनुका साथै भारीमा रहेका सामानमा समेत क्षति पुर्‍याउने गरेको छ।’ 

खच्चडको वैकल्पिक बाटो निर्माणका लागि भूगोलले साथ नदिएको वडाध्यक्ष तथा बजार व्यवस्थापन समितिका अध्यक्ष विष्णुु थापा बताउँछन्। ‘समस्या वर्षौदेखिको हो। प्रयासका लागि पहल पनि गरिएको हो’ उनी भन्छन्, ‘तर भौगोलिक विकटताका कारण तत्काल समस्या समाधान गर्न गाह्रो छ।' 

  


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.