|

काठमाडौं: महानगरीय प्रहरी परिसरले कालोवजारी ऐनअन्तर्गत दरबारमार्ग र न्यूरोडका ८  ब्राण्डेड पसलका सञ्चालकलाई पक्राउ गरेको छ।बुधबार कालोवजारी ऐन अन्तर्गतको कारबाहीको लागि यी व्यापारीलाई समाइएको महानगरिय प्रहरी परिसरले समाएको हो।

महानगरिय प्रहरी परिसरका  प्रहरी उपरिक्षक रामदत्त जोशीका अनुसार आपूर्ति व्यवस्थापन विभागले महानगर प्रहरी परिसरलाई गत महिना कालोवजारी ऐन अन्तर्गत कार्वाहीका लागि दिएको जिम्मेवारी अनुसार यी व्यापारीलाई समाइएको हो।

प्रकाउ पर्नेमा एभीन्यू मार्केटका उत्तम कुमार वस्नेत, प्लाटिनम ट्रेडका प्रवीन झा र रौनक शर्मा र बेन्ट्लेका तुलशीधर भण्डारी वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति लिवर्टी जुत्ताका नन्दन विहानी, लेवल्स स्टोरका सुवास महर्जन र दिपेन्द्र महर्जन,एडभेन्चर आउटडोरका रोशन ओडारी, लाइफ स्टाइल इन्टरप्राइजेज श्रीकृष्ण महर्जन, रहेका छन छन्।

आपूर्ति व्यवस्थापन विभागले दुई महिना अघि ब्राण्डेड सप अनुगमन गर्दा ठगी गरेको पाइएको थियो। जसअनुसार ती पसलमा सिल गरिएता पनि राजनीतिक दवावले केही दिनमै शिल खोलिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.