|

चितवन: चितवनको नारायणगढ–मुग्लिक सडकखण्ड अन्तरगत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज सात घण्टा सवारी बन्द हुने भएको छ। नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानमा खस्न लागेको चट्टान रहेकाले जोखिम बढेको भन्दै शनिबार (आज) १० बजेदेखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने छ।

आयोजनाका ईन्जिनियर शिवप्रसाद खनालले शनिबार वैकल्पिक सडक प्रयोग गर्न अनुरोध समेत गरका छन्।  आईतबारदेखि भने कालोपत्रे गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा बीच बीचमा सडक रोक्दै काम अघि बढाईने खनालको भनाई छ।

आईतबारबाट एकहप्ता परिक्षण स्वरुप विहान ७ बजेदेखि ८:३० बजे ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए।

सो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिव ७०० मिटरमा भित्तो काट्ने काम बाँकी छ। यहाँको झण्डै १० किलोमिटर क्षेत्रमा भने पहिलो तहको कालोपत्रे सकिएको छ। दुई बर्षदेखि यहाँ सडक चौडापार्ने काम सुरु गरिएको हो। निर्धिारित समयमा सडकको काम नसकिएपछि आगामी फागुन सम्म म्याद थपेर काम हुँदै आएको छ। सो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.