|

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा पुनर्निर्माण कार्यको अनुमगन तथा सहजीकरण गर्न कार्यकारी समिति सदस्यहरुलाई जिम्मेवारी दिएको छ।

प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)  युवराज भुसालले अनुगमन र सहजीकरणको लागि सदस्यहरुको जिम्मेवारी तोकेका हुन्। प्राधिकरण कार्यकारी समिति सदस्यहरु डा. चन्द्रबहादुर श्रेष्ठ, धुव्रप्रसाद शर्मा, डा. हरिराम पराजुली र डा. बिष्णुबहादुर भण्डारीलाई  भूकम्प पीडित ३१ जिल्लामा हुने र भइरहेका पुनर्निर्माणसँग सम्बन्धित समग्र कार्यहरुको अनुगमन तथा सहजीकरण गर्ने जिम्मेवारी पाएका छन्।

जस अन्तर्गत डा. हरिराम पराजुलीलाई गोरखा, धादिङ, नुवाकोट, रसुवा, पर्वत, बाग्लुङ, म्याग्दी र चितवनको जिम्मेवारी दिइएको छ। यसैगरी कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्मालाई सिन्धुपाल्चोक, दोलखा, काठमाण्डौ, कास्की, लमजुङ, तनँहु, स्याङजा, डा. बिष्णुबहादुर भण्डारीलाई रामेछाप, ओखलढुंगा, सिन्धुली, भक्तपुर, धनकुटा, संखुवासभा, भोजपुर, सोलुखुम्बु र खोटाङको जिम्मेवारी तोकिएको छ।

यस्तै कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठलाई मकवानपुर, ललितपुर, काभ्रे, गुल्मी, अर्घाखाँची, पाल्पा र नवलपरासीको जिम्मेवारी तोकिएको छ। प्राधिकरणको कार्यलाई थप तीव्रता दिई कार्य समितिबाट भएका पूर्व निर्णयलाई तोकिएकै समयमा कार्य सम्पन्न गर्न भूकम्प पीडित ३१ जिल्लामा जिम्मेवारी बाडफाँट गरिएको प्राधिकरणले जनाएको छ। जिम्मेवारी पाएका सदस्यले निजी आवास निर्माण, वस्ती स्थानान्तरण, सम्पदा पुनर्निर्माण लगायतका कार्यको अनुगमन तथा सहजीकरण गरी प्रतिवेदन प्राधिकरणमा प्रतिवेदन पेस गर्नुपर्नेछ। 

'भूकम्प प्रभावित जिल्लामा समग्र पुनर्निर्माणको अनुगमन र त्यस क्रममा देखिएका समस्याहरु यथास्थानमै  सहजीकरण गरी समाधान गर्ने/गराउने तथा विशेष कारणवश प्रगति हुन नसकिरहेको खण्डमा प्राधिकरणमा छलफलका लागि प्रतिवेदन समेत पेश गर्ने गरी जिम्मेवारी दिएका छौँ' प्राधिकरणका सिइओ भुसालले भने।

उनीहरुले पूर्वाधार निर्माण, जीविकोपार्जन, गैरसरकारी संस्थाको कार्यसम्पादन, सीप विकास लगायतका कामहरुको कार्यान्वयन र अनुगमन गरी नगरपालिका, गाउँपालिका र वडामा भइरहेको समग्र कार्यहरुको प्रतिवेदन समेत पेश गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.