|

सल्यान : जिल्लामा ३८ हजार ३ सय ९५ घरधुरीमा अझै बिजुली बाल्नबाट बञ्चित छन्। जिल्ला प्राविधिक कार्यालयका अनुसार हालसम्म सल्यानमा ८ हजार १ सय ६१ घर धुरीमात्र बिजुली बत्तीको पहुँचमा छन्। 

जनगणना २०६८ अनुसार सल्यानको घरधुरी ४६ हजार ५ सय ५६ रहेको छ। सल्यानलाई सरकारले अर्ध सुगम जिल्लाको रूपमा राखेको छ। तर बिजुलीमा सल्यानीहरुको पहुँच पुगेको छैन। जिल्लाका बहुसंख्यक घरपरिवारले वैकल्पिक उर्जाको रूपमा सोलारको प्रयोग गरिरहेका छन्।  

जिल्लामा ग्राहकको संख्या बढाउदै लैजाने योजना रहेको नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख रामशरण तिमिल्सनाले जानकारी दिए। नगरपालिका र गाउँपालिकाले पनि बजेट विनियोजन गरेर बिजुलीका पोल र तार किन्ने काम भइरहेको उनले बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.