|

इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ। सिड्नी क्रिकेट मैदानमा आइतबार अस्ट्रेलियालाई १६ रनले हराउँदै इंग्ल्यान्डले दुई खेल अगावै सिरीज ३–० ले कब्जा गर्यो। अस्ट्रेलियाले घरेलु मैदानमा पहिलोपटक लगातार तीन खेलमा पराजित हुन पुग्यो।

टस हारेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५०ओभरमा ६ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो। जावफमा अस्ट्रेलयाले ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८६ रनमत्र बनाउन सफल भयो। इंग्ल्यान्डका लागि जोस बटलरले छैटो एकदिवसीय शतक प्रहार गरे। बलिङमा इंग्ल्यान्डका क्रिस बोकर्स, उड तथा रसिदले समान दुई विकेट लिए।

१८९ रन जोड्दा ६ विकेट गुमाएको इंग्ल्यान्डलाई अन्तिम ११ ओभरमा १ सय ३१ रन बनाउने क्रममा ब्याटसम्यान जोस बटलरले आक्रामक ब्याटिङ गरे। उनले ८३ बलमा ६ चौकार चार छक्काको सहयोगमा सय रन जोडे।

इंग्ल्यान्डका लागि क्रिस वाकर्स र बटलरले सातौँ विकेटका लागि अविजित १ सय ३१ रन को साझेदारी सम्भव बनाए। वकर्सले ३६ बलमा ५३ रन बनाउँदा पाँच चौका र दुई छक्का प्रहार गरे। त्यस्तै कप्तान इयान मोर्गानले ५० बलमा दुई चौका र  एक छक्काको सहयोगमा ४१ रन बनाए। ओपनर जोनी वैस्टोउले ५७ बलमा दुई चौकोका मद्दतमा ३९ रन बनाए।

एकविदसीय सिरिजमा कायमै रहन तेस्रो खेल जित्नै पर्ने दबाबमा अष्‍ट्रेलिया रहेको थियो। योजना अनुरुप अस्ट्रेलियन बलर र ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे। तर अन्तिम समयमा ब्याट्सम्यानहरु चुक्दा अस्ट्रेलियाले तेस्रो खेल पनि गुमाउन बाध्य भयो। अस्ट्रेलियाका लागि चार ब्याट्सम्याने अर्धशतकीय योगदान दिएपनि टिमको हार टानर्न पर्याप्त भएन।

उत्कृष्ट लयमा रहेका आरोन फिन्च उत्कृष्ट लयमा ब्याटिङ गरिरहेका छन्। अघिल्लो दुई खेलमा उनले लगातार शतकीय योगदान दिएका थिए। तेस्रो खेलमा फिन्चले अर्धसतक बनाए। उनको ६२ रन सर्वाधिक रह्‍यो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.