|

काठमाडौं : नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारले निरंकुशता प्रदर्शन गरिरहेको लेखेका छन्।

पूर्व डीआईजी सिलवाललाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो। प्रहरीले सरकारी कागजात किर्ते गरेको अभियोगमा सिलवाललाई पक्राउ गर्न इन्टरपोलमार्फत नोटिस जारी गरेको हो।

सिलवालले ट्विटरमा लेखेका छन्:

सिलवालको यो अभिव्यक्ति नेकपा एमालेको सोमबार बसेको स्थायी कमिटि बैठकपछि आएको हो। उक्त बैठकले सिलवालविरुद्ध प्रहरीले जारी गरेको डिफ्युजन नोटिसको आलोचना गरेको थियो। एमालेले सरकारको उक्त क्रियाकलापले जनमतको अपमान भएको भन्दै असन्तुष्टी जनाएको थियो। बैठकले सिलवालविरुद्धका काम बन्द गर्न चेतावनी दिएको थियो।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि सिलवाल फरार छन्। उनी बेलाबेला सामाजिक सञ्जालमार्फत आफूविरुद्ध सरकारले प्रतिशोत्र साँधेको र शक्तिको गलत प्रयोग भएको बताउँदै आएका थिए। उनले त्यसको डटेर सामना गर्ने अभिव्यक्ति दिँदै आएका छन्।

सिलवाल कहाँ छन् भन्ने खुलेको छैन। तर, हाल उनी अमेरिकामा रहेको आशंका गरिएको छ।

पढ्नुहोस् यी सामग्री :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.