|

काठमाडौं : एनआइसी एसिया क्यापिटल लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडबीच ५ लाख साधारण सेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा संझौता भएको छ। एनआइसी एसियाले कर्मचारीसहित ५ लाख साधारण सेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्ने गरी संझौता भएको हो। 

एनआइसी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेल तथा इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयबीच संझौतापत्रमा हस्ताक्षर भएको हो। 

सरकारको लगानीसमेत रहेको इमर्जिङ नेपाल लिमिटेड सार्वजनिक–निजी सहकार्यअनुरूप स्थापना भएको कम्पनी हो। एनआइसी एसिया क्यापिटल लिमिटेडले हाल बजारमा कायम रहेका बैँक तथा वित्तीय संस्था, इन्स्योरेन्स र जलविद्युतलगायत क्षेत्रहरूका कम्पनीहरूलाई सर्वसाधारणमा सेयर निष्काशन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.