|

काठमाडौं : चौथो एनएसटी एनभिए राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

मुख्य प्रायोजक हेलो नेपाल नेटवर्क कम्पनी रहेको राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुष र महिलातर्फको खेल शनिबार सम्पन्न भएको हो।  

पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधी उचाल्यो।

अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले हेल्प नेपाल र महिला तर्फ एपीएफले न्यु डायमण्ड क्लबलाई पराजित गर्दै उपाधी उचालेको हो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा भएको पुरुषतर्फको खेलमा आर्मी क्लबले हेल्प नेपाल टिमलाइ २५–१५, २५–२१, २५–१४ को सोझो सेटमा पराजित गर्दै उपाधीमा कब्जा जमायो।

त्यस्तै, विभागीय महिला क्लब एपीएफ र सिभम् न्यु डायमण्ड क्लब बीचको खेल रोमाञ्चक बन्यो। रोमान्चक प्रतिस्पर्धाको खेलमा न्यु डायमण्डले दुई सेट लगातार जितेपनि त्यसपछिका लगातार तीन सेट एपीएफले जित्दै उपाधी कब्जा गर्‍यो।

प्रतियोगिताको महिला तथा पुरुष विजेता टीमले १ लाख ५० हजार नगद र ट्रफी हात पारे भने उपविजेताले १ लाख नगद तथा ट्रफी र तेस्रो हुनेले ६० हजार नगद र ट्रफी हात पारे।

पुरुष तर्फ उत्कृष्ठ खेलाडी आर्मी क्लबका मानबहादुर श्रेष्ठ र महिला तर्फका न्यु डायमण्डकी प्रतिभा माली भइन्। प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले समान १५–१५ हजार नगद र प्रमाणपत्र हात पारे। प्रतियोगिता विजेता टिम र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनराम शर्मा र  हेलो नेपाल नेटवर्ककी कार्याकारी निर्देशक अस्मिता सुमार्गी लतगायतका अथितिहरूले वितरण गरेका थिए। प्रतियोगिताको मुख्य प्रायोजन गरेको हो।

कम्पनीले २० लाख नगद सहयोग गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.