|

पर्वत : आगलागीबाट घर पूर्ण रूपमा ध्वस्त भएपछि जिल्लाको फलेवास नगरपालिका– ३ शंकरपोखरीको एक परिवारको बिचल्ली भएको छ। घर नजिकैको आगो एक्कासि घरमा सल्किएपछि स्थानीय लेखनाथ सापकोटाको घरमा आगलागी भएको थियो।

खरको छानो भएकाले घरमा लागेको आगो निभाउन नसकिएको स्थानीय कमल भुसाल बताउँछन्। सापकोटा रोजगारीको सिलसिलामा भारतमा छन् भने उक्त घरमा उनकी श्रीमती, दुई छोरी र एक छोरा बस्दै आएका थिए। अतिविपन्न अवस्थामा रहेको परिवारको घर नै जलेर ध्वस्त भएपछि उनीहरूलाई गास, बास र कपासको अभावमा बिचल्ली भएको हो।

सापकोटाकी श्रीमती देवी भन्छिन्, ‘अर्काको घरमा शरण लिएर बसेका छौँ। हरमा लगाएको एक सरो लुगाबाहेक केही पनि छैन। अब कहाँ बस्ने? के खाने? के लाउने?’ आँखाभरी आँसु पार्दै उनले थपिन्, ‘स्कुल पढ्दै आएका छोराछोरीको समेत लुगाफाटो छैन, किताब–कापी सबै जले।’

घर नजिकै धारा वा पानीको अन्य स्रोत नभएका कारण आगो नियन्त्रणमा लिन नसकिएको स्थानीयको भनाइ छ। आगलागी भएको घर नजिकैको अर्को घरमा भने आगो लाग्नबाट बचाउन स्थानीय सफल भएका थिए। 

‘हालसम्म फलेवास नगरपालिकाले घर पूर्ण क्षति भएको भन्दै २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसले त के हुन्थ्यो र!’, स्थानीय भुसाल भन्छन्, ‘त्यही भएर इच्छुक अरूसाँग पनि सहयोगका लागि हात पैmलाएका छौँ।’

पीडित परिवारको दैनिकी छिमेकीले दिएको कपडा र खाद्यान्नको भरमा चलेको छ। यो परिवार दैनिक मजदुरीको भरमा पालिँदै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.