|

तनहुँ : बन्दीपुर गाउँपालिकाले डुम्रेमा सवारी कर संकलन केन्द्र खोलेको छ। बन्दीपुर गाउँपालिका १ चिसापानी डुम्रेमा सवारी कर सङ्कलन गर्न शुक्रबार यातायात सेवा कार्यालय काउन्टर स्थापनाको सुरुवात गरिएको हो।

तनहुँको डुम्रेमा यातायात कर सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ। लमजुङ, गोरखा, मनाङ र तनहुँको व्यापारिक केन्द्र रहेकाले सेवाग्राहीको सहजताका लागि कर संकलन केन्द्र सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए।

अध्यक्ष थापाले गाउँपालिकाको आयमा वृद्धि गर्न तथा  सेवाग्राहीलाई सेवा लिन सहज बनाउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको बताए। “यातायात क्षेत्रबाट उठाएको कर बाटोघाटोमा निर्माण वा मर्मतमा नै खर्च गर्नेछौँ",  उनले भने।

केन्द्रको स्थापना पछि जुनसुकै जिल्लाले पनि सेवा लिन मिल्ने  मोटरसाईकल देखि ठूला तथा साना सवारी साधन ट्रक, डोजर, लोडर लगायतबाट स्थानीय कर उठाउन गाउँपालिकाले सक्ने हुँदा गाउँपालिकालाई आम्दानी हुने यातायात सेवा कार्यालय डुम्रेका प्रमुख रामचन्द्र दवाडीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.