|

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला युरोपियन युनियनबाट खटिएको निर्वाचन पर्यवेक्षण मिसनले बुझाएको प्रतिवेदन अश्वीकार गरेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जारी गरेको विज्ञप्तिमा उक्त मिसनले मंगलबार बुझाएको प्रतिवेदन पूर्ण रुपमा अश्वीकार भएको उल्लेख छ। विज्ञप्तिमा लेखिएको छ, 'उक्त प्रतिवेदन र सो सम्बन्धमा उक्त संस्थाले जारी गरेको प्रेस विज्ञप्ति भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचार संहिता विपरित समेत देखिएकोले उल्लेखित निर्वाचन पर्यवेक्षण प्रतिवेदन आयोगलाई पूर्णतः अस्वीकार्य रहेको छ।'

आयोगले नेपालको संविधान र प्रचलित कानूनसँग सम्बन्धित विधि र प्रकृयाको पूर्ण पालन गर्दै स्थानीय तहदेखि, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, राष्ट्रिय सभा सदस्य र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गरेको जानकारी दिएको छ।

आयोगले ईयूको प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। आयोगले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट निर्वाचनको पर्यवेक्षण भएको र सबै राजनीतिक दल, आम मतदाता एवं सरोकारवालाबाट सर्व स्वीकृत भएकाले ईयूले सबै तहको निर्वाचनका सन्दर्भमा क्षेत्राधिकार बाहिरका कतिपय विषयहरू समेत संलग्न गरी प्रतिवेदन बुझाएकोमा असन्तुष्टी जनाएको हो।

ईयूले निर्वाचन पर्यवेक्षण आचारसंहिताका १२ वटा बुँदाको गम्भीर उल्लंघन गरेको र पर्यवेक्षणको सीमा बाहिर गएर प्रतिवेदन तयार पारेको छ।

आयोगले ईयूले पेश गरेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन आफूसँग गरेको समझदारी र निर्वाचन पर्यवेक्षण आचारसंहिता विपरीत भएको बताएको छ। आयोगले ईयूले निर्वाचन पर्यवेक्षण आचारसंहिताका १२ वटा बुँदाको गम्भीर उल्लंघन गरेको र पर्यवेक्षणको सीमा बाहिर गएर प्रतिवेदन तयार पारेको उल्लेख गरेको छ।

आयोगले भविष्यमा हुने निर्वाचनमा पर्यवेक्षणको अनुमतिमा थप कडाइ गरिने पनि उल्लेख गरेको छ।

ईयूको प्रतिवेदनप्रति बुधबार परराष्ट्र मन्त्रालयले गम्भीर आपत्ती जनाइसकेको छ। त्यस्तै विभिन्न राजनीतिक दलका नेताहरूले पनि ईयूले गम्भीर गल्ती गरेको भन्दै अभिव्यक्ति दिएका छन्।

पढ्नुहोस् : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.