|

रौतहट : विहेको कुरा छिन्न भारतको बिहार जाँदै गरेको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

चन्द्रनिगाहपुर-गौर सडक खण्डमा भएको सवारी दुर्घटनामा दुईजना घाइते भएका छन्।

भेडियाही चोकमा सोमबार दिउँसा भारतीय नम्बर प्लेटको बीआर ३ ओपी ०३३५ नम्बरको स्कोरपियो दुर्घटना हुँदा चालक सन्तोष पालको मृत्यु भएको हो।

गौरतर्फ गइरहेको स्कोरपियो तीव्र गतिका कारण पांग्रा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। घाइते हुनेमा रौतहट धर्मपुरका लक्ष्मण पाल र रामबाबु राउत रहेका छन।

घाइते दुवैको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको छ। बिहेको कुरा छिनोफानो गर्न भारतको बिहार रिगा जाँदै गरेको सो स्कोरपियो गाडीमा १० जना सवार रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.