|
फाइल फोटो

काठमाडौं : हत्या प्रयासका अभियुक्त तथा फरार सांसद दीपक मनाङे भनिने राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं स्वयम्भूको तीन धाराबाट बिहीबार साढे ७ बजे प्रहरीले पक्राउ गरेको हो।

प्रदेश ४ को प्रदेशसभा सदस्यमा मनाङ ख बाट स्वतन्त्र सांसद निर्वाचित भएका मनाङेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। मनाङेलाई परिसरको टोलिले बिहीबार पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए।

उनलाई पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैदको फैसला सुनाएको थियो।

गुन्डा नाइकेका रुपमा परिचित उनी यसअघि पनि पक्राउ पर्दै र रिहा हुदै आएका छन् । 

सम्बन्धित समाचार :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.