|

चितवन :  जवरजस्ती करणी गरेको आरोपमा चितवनबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका ६ का २१ वर्षीय समिर मिया रहेका छन्।

दक्षिण चितवनको माडीकी २० वर्षीया एक महिलालाई करणी गरेको भन्ने लिखित उजुरी परेपछि मंगलबार पक्राउ गरी कानुनी कारवाही शुरु गरिएको चितवनका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी प्रभुप्रसाद ढकालले बताए।

जिल्ला प्रहरी कार्यालय चितवनले महिला तथा बालबालिमाथि हुने अपराध विरुद्ध चलाएको खोजी अभियानका क्रममा भरतपुर महानगरपालिका ८ प्रेमबस्तीबाट उनलाई नियन्त्रणमा लिइएको ढकालले जानकारी दिए। 

गएको मंसिर २३ गते महिलालाई जवरजस्ती करणी गरी उनी फरार रहेका थिए। जवरजस्ती करणीबाट महिला गर्भवती भएको प्रहरीले जानकारी दिएको छ। पीडित महिलाले यही वैशाख ४ गते कार्यालयमा मिया विरुद्ध लिखित जाहेरी दिएको समेत ढकालले जानकारी दिए।  

पक्राउ परेका मियालाई मुलुकी ऐन, जवरजस्ती करणीको महल अनुसार मुद्धा दर्ता गरि कानूनी कारवाही अगाडी बढाईएको  र घटना थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.